Untitled Document
  डण्डीबियो खेल बिधि
 
 
  खेल प्रस्तुत गर्दै खेलाडीहरू
 

खेल बिधि

सर्वप्रथम बराबरी संख्या दुई समुहमा बिभाजन हुन्छन् । चेपटो गोलो ढुङ्गा वा अन्य वस्तुबाट दुई समुहले चेप्टो ढुङ्गाको एक एक पाटो रोज्ने गरिन्छ । टस विजेताले शुरुमा खेल सञ्चालन गर्दछ ।
                                    यस खेलमा करिब ११÷२  फुटको (४५ से. मी. को डण्डी र करिब १५ से. मी.) को बियो हुन्छ । बियोलाई सानो खाल्टोमा तेश्रो हुने गरि राखिन्छ र डण्डीले त्यही सानो खाडलमा राखेको बियोलाई जोडले टाढा फालिन्छ । डण्डीले त्यही सानो खाडलमा राखेको वियोलाई फ्याक्ने २ तरीका छन् ।
क) डण्डीको एक छेउ ताछिएको हुन्छ । उक्त ताछिएको छेउ, खोपि माथि राखिएको बियोको मुनि रा िखजोडले हुत्यइन्छ ।
ख) बियोलाई सानो खाल्टोमा तेर्सो हुने गरी राखिन्छ र डण्डीले त्यही सानो खाडलमा राखेको बियोलाई माथि उठेको भागको टुप्पो वा छेउमा हानि जोडले टाढा फालिन्छ ।
                                    पहिलो किसिमको खेल्ने बिधि अनुसार अर्को तर्फ विपक्ष समुह डण्डी लिएर बसेको हुन्छ । फ्याकिएको बियोलाई भुईमा नखस्दै डण्डीले हान्ने प्रयास गर्छ । डण्डीले बियोलाई छोयो भने बियो फ्याक्ने खेलाडि खेलबाट बाहिरिन्छ । यदी बिपक्षि कसैले पनि डण्डीले हान्न सकेनन भने त्यो बियो समातेर सानो खाल्डो तर्फ फ्याकेर खोपिमा पार्ने प्रयास गर्दछ । यदि खोपिमा बियो पर्यो भने पनि खेलाडि आउट हुन्छ । अर्को तर्फ खोपि भन्दा एक हात पर डण्डी तेर्सो पारेर राखेको हुन्छ । त्यसमा बियोले छोयो भने खेलाडि बाहिरिन्छ ।
                                    दास्रो किसिमको खेल्ने विधि अनुसार अर्को तर्फ बिपक्ष समुह बिना डण्डी फ्याकिएको बियोलाई हातले समात्ने प्रयास गर्दछ । फ्याकिएको बियोलाई हातले समात्यो भने बियो फ्याक्ने खेलाडि बाहिरिन्छ । यदि बियोलाई कसैले पनि हातले समात्न सकेनन भने बियो खसेको स्थान देखि डण्डीलाई लगाउने प्रयास गर्दछन । अर्को तर्फ खोपि माथि डण्डीलाई तेर्सो हुने गरि राखिन्छ । त्यसमा बियोले छोयो भने खेलाडि बाहिरिन्छ ।
खेलाडि खेलबाट बाहिरिने तरीकाहरु निम्न बमोजिम छन् ः
क) विपक्षिको डण्डीले बियोलाई छोयो भने वा बियो समातियो भने बियो फ्याक्ने खेलाडि खेलबाट बाहिरिन्छ ।
ख) खोपिमा बियो पर्यो भने खेलाडि खेलबाट बाहिरिन्छ ।
ग) डण्डीलाई बियोले छोयो भने पनि खेलाडि खेलबाट बाहिरिन्छ ।
घ) यदी बियो खसेको स्थानबाट दुरी नाप्दा एक प्वाइन्ट पनि पुग्न सकेन भने खेलाडि खेलबाट बाहिरिन्छ ।
                                    मथि दिएका खेलाडि बाहिरिने चार तरिकाबाट खेलाडि बाहिरिन नसकेमा खेलाडीले डण्डी उठाइ बियोको टुप्पोमा हानि बियो माथि उफ्रन्छ, माथि उफ्रिएको अवस्थामा डण्डीले कति पटक हान्न सक्छ त्यस अनुसार नम्बर हुन्छ ।
प्वइन्ट स्कोर गर्ने तरिकाहरु निम्न बमोजिम  छन् ः
क) यदी एक पटक मात्र हान्न सकेमा त्यही डण्डी बराबर दुरी १ प्वाइन्ट हुन्छ ।
ख) यदी दुई पटक हान्न सकेमा बियो बराबरको दुरी १ प्वाइन्ट हुन्छ ।
ग) यदी तेस्रो पटक

 
 
***
अन्य थप समाचारहरू

 

मन्तव्य
 


मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

 
 
 
 
 
 
 


लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

 
 

महत्वपुर्ण साइटहरू

   
   
   
   
   
   
अन्य लिङ्कहरू
 

राष्ट्रिय खेलकुद परिशद, नेपाल


नेपाल ओलम्पिक कमिटी


नेपाल हात्ति खेल संघ

नेपाल पर्यटन वर्ष २०११

 

  नेपाल खेलकुद
 
 
What's NEW

Events/इभेन्ट्स

What's NEW
 
     
 
© www.dandibiyo.com.np copyright 2011
 
 
Website Design & Hosting by: Nepal 1 Hosting Company
 
 
This page has been visited 3450 times since 10th July 2011