Untitled Document
|     गृह पृष्ठ     |     हाम्रो बारेमा     |     ऐतिहासिक पृष्ठभुमि     |     उद्देश्य     |     वर्तमान अवस्था     |     खेल विधि     |     सम्पर्क    |     तश्विरहरू    |     इमेल    |
Untitled Document

ऐतिहासिक पृष्ठभुमि

नेपालि माटोमा डण्डी बियो खेलको शुरुवात यहि समयबाट भयो भन्ने यकिन गर्ने काम कठिन भए पनि यसको उत्पति तथा बिकास मानब समाजको उत्पति तथा बिकासको जंगलि अवस्था सम्म पुग्ने देखिएको छ । नेपालमा मानब अस्तित्व रहेको समय भन्दा अलि पछि सिकारी युग तिर नै यसको शुरुवात भएको कुरा बियो र डण्डीको संरचना तथा बनावट ले जनाउछ । चुच्चेबियोलाई डण्डीले हिर्काएर आवाज निकाल्दा जंगली जनावरको त्रास कम हुने तथा चुच्चो ले टाढाको जनावरलाई सजिलै प्रहार गर्न सकिने तर्फ संकेत गरेका छन । डण्डी र बियोको सहयोगले कन्दमुल खोज्न समेत सजिलो हुन्थ्यो । कृषि युगको शुरुवात सगै पनि डण्डी बियो खेलको स्वरुप धारण गरेको कुरा पुराना ग्रन्थहरुमा पइएका छन । त्यस पछि नेपालि समाजले अफ्नै खेलका रुपमा लिएको बिभिन्न रुपमा समाजले अभ्यास गर्दै आयो । अहिले पनि नेपालि गाए घरमा डण्ढडी बियो खेल आ–आफ्नै तरिकाले खेल्दै अइरहेको छ । ठाँउ अनुसार फरक नियमले गर्दा यसको प्रतियोगिता क्षेत्रिय वा राष्ट्रिय रुपमा गर्न नसकिने भएको ले २०५५ तिर केहि जागरुक नेपालि युवाहरुले बिजय पौडेलको नेतृत्वमा यो खेलको बिकास गर्न र संगठित स्वरुप दिन कम्मर कसे । पुर्वमा ताप्लेजुङ देखि पश्चिममा दार्चुला सम्म पुगेर यसको खेल्ने विविध तरिकालाई संकलन तथा लिपि बद्ध गर्ने काम गरे । संकलित नियमलाई परिमार्जित गर्दै खेलर्ला वैज्ञानिक ढंगमा ढाल्ने र मौलिक स्वरुप पनि यथावत राख्नु पर्ने चुनौतिलाई समितिले सामना गर्नु पर्यो । साथै यसले वैधानिकता प्राप्त गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता भित्र पर्ने गरि बिकसित हुनु पर्ने दुवै काम एकै साथ अघि बढायो । बिषसेज्ञहरु सगँको लगातार छलफदल बैठक बिभिन्न ब्याक्तिहरु सँग अन्र्तक्रिया गदैृ यसले आफ्नो नियमलाई बिकसित गर्यो तथा खेल संघका रुपमा मान्यता समेत पायो । विभिन्न स्तरमा आयोजना गरियका प्रतियोगिताले नियम परिमार्जन गर्न सहयोग पुर्यायो । साथै यसले दर्शकको लोकप्रियता समेत प्रप्त गर्यो । खेलबाट प्रप्त हुने शारिरिक स्फूर्ति , मानसिुक चुस्ती तथा सामाजिक भावना जगाउन सक्नेगरि डण्डी बियो ले लामो तथा असजिलो बाटो पार गर्दा यउटा इतिहास बनाएको छ । 

मन्तव्य
 


मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

 
 
 
 
 
 
 


लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

 
 

महत्वपुर्ण साइटहरू

   
   
   
   
   
   
अन्य लिङ्कहरू
 

राष्ट्रिय खेलकुद परिशद, नेपाल


नेपाल ओलम्पिक कमिटी


नेपाल हात्ति खेल संघ

नेपाल पर्यटन वर्ष २०११

 

  नेपाल खेलकुद
 
 
What's NEW

Events/इभेन्ट्स

What's NEW
 
 
     
 
© www.dandibiyo.com.np copyright 2011
 
 
Website Design & Hosting by: Nepal 1 Hosting Company
 
 
This page has been visited 2957 times since 10th July 2011