Untitled Document
|     गृह पृष्ठ     |     हाम्रो बारेमा     |     ऐतिहासिक पृष्ठभुमि     |     उद्देश्य     |     वर्तमान अवस्था     |     खेल विधि     |     सम्पर्क    |     तश्विरहरू    |     इमेल    |
Untitled Document

खेल विधि

डण्डीबियो कसरी खेलिन्छ ?
नियम १ –
समूहको पालो निर्धारण
यो खेलमा दुई समूह रहने छ । दुई समूहमध्ये कुन समूहले डण्डी समूह रोज्ने र कुन समूहले वियो समूह रोज्ने भन्ने निर्धारण दुवै समूहका कप्तानहरूको रोहबरमा अम्पाएरले गर्ने छ । दुवै पक्षका कप्तानको उपस्थितिमा सिक्का उफारी जुन पक्षले टस जित्छ, त्यो पक्षले ‘डण्डी समूह’ अथवा ‘वियो समूह’ रोज्न पाउनेछ ।
नियम २ –
खेलाडी संख्याः
खेलाडी संख्या दुवै समूहमा विजोड संख्या रहने गरी ७÷७ जनाको दरले विभाजित हुनुपर्ने छ । दुवै समूहमा २÷२ जनाको दरले अतिरिक्त खेलाडी रहनेछन् । स्थानको कमी भएको क्षेत्रमा अन्तिम आर्क हटाई अन्तिमभन्दा अघिल्लो आर्कबराबरको मैदान कायम गरी ५÷५ जनाको दरले खेल खेलाउन सकिनेछ ।
नियम ३ –    
खेलाडीको किसिम
३.१. डन्डी समूह खेलाडीः
हुत्याउने क्षेत्रमा रहने खेलाडीलाई डण्डी समूह खेलाडी भनिन्छ । डण्डी समूह खेलाडीहरूले खोपीबाट बियो हुत्याउँदा खुट्टालाई तोकिएको सीमा रेखाभन्दा बाहिर लान पाउने छैन । एउटा डण्डी खेलाडीले लगातार तीन पटकसम्म हुत्याउन पाउनेछ ।
३.२.    बियो समूह खेलाडीः
तोकिएको खेलमैदानमा रही बियो समाउने खेलाडीहरूलाई बियो खेलाडी भनिनेछ । बियो हुत्याउ“दा वा ठ्याक लगाउँदा बियो खेलाडी र डण्डी खेलाडीबीचमा कम्तीमा पनि ४.५ मिटर (१० डण्डी) को दूरीमा कोरिएको पहिलो आर्कबाहिर रहनुपर्नेछ ।
बियो हुत्याइसकेपछि यदि बियो खेलाडी दौडन सुरु गरेमा डण्डीमा हिट गर्न पोजिसन लिने वा बियो खोलाडीलाई इगत गर्ने क्रममा भने उक्त आर्कभित्र पस्न पाउनेछ । पहिलो आर्कमा एकमात्र खेलाडी राख्नेबाहेक बियो खेलाडीका क्याप्टेनले तोकिएको खेलस्थलभित्र आफ्नै रणनीतिमा खेलाडीको स्थान कहा“ रहने भनेर निणर्य गर्न पाउने छन् ।
नियम ४ –
खेलाडीको भूमिका
४.१. बियो खेलाडी
४.१.१. डण्डी खेलाडीले खोपीबाट वा ठ्याक लगाउने क्रममा फ्याँकेको बियो समात्ने प्रयास गर्ने । निजले बियो भुँइमा नझर्दै समातेमा डण्डी खेलाडी बाहिरिनेछ ।
४.१.२ खोपीमा तेर्साइएको वा खोपीअगाडि रहेको प्वालमा ठाडो पारी राखिएको डण्डीलाई बियोले हिर्काएर डण्डी खेलाडीलाई बाहिर्याउने प्रयास गर्ने ।
४.१.३ डण्डी खेलाडीले ‘रन’ लिँदा बियो खेलाडीले बियो एक आपसमा पास गरेर सकेसम्म डण्डी खेलाडी सुरक्षित क्षेत्रमा  नपुग्दै इगत पार्ने प्रयास गर्ने ।
४.२.    डण्डी खेलाडी
४.२.१. बियो खेलाडीलाई बियो हुत्याउँदा झुक्याएर फाल्ने ता कि बियो खेलाडीले  सजिलै बियो समात्न नसकोस् ।
४.२.२. सकेसम्म धेरै पटक ठ्याक लगाउन प्रयास गर्ने । एक पटकमा बढीमा आठ ठ्याक मात्रको गणना हुनेछ ।  ठ्याक लगाउँदा खेल मैदानको परिधिभित्र रहेर मात्र लगाउन सकिनेछ र अन्त्यमा बियोलाई टाउकोभन्दा तलबाट सकेसम्म टाढाको दूरीसम्म पुग्ने गरी हिर्काउनुपर्ने छ ।

नियम ५ –
खेल क्षेत्र
५.१    दोस्रो Track देखि सातौ (सानो मैदानमा छैठौ) Track सम्मको क्षेत्रलाई डण्डी खेलाडीको खेल क्षेत्र मान्न सकिन्छ । खेल क्षेत्रबाहिर हुत्याउने खण्डमा अन्तिम ठूलो आर्कभन्दा बाहिर पनि हुत्याउन सकिनेछ ।
५.२     बियो समूहको खेल क्षेत्र तोकिएको V आकारमा बनेको कोणको सुरुदेखि अन्तिम आर्कभित्रको क्षेत्र र बियो प्mयाक्ने क्षेत्रसमेत रहनेछ ।

नियम ६ –
बियो खस्नुपर्ने क्षेत्र
६.१     डण्डी समूह
डण्डी समूहले बियो सकेसम्म खेल क्षेत्र दाँयाबाँया (‘आकार’) भित्र, डी एरियाभित्र वा अन्तिम पूर्णं आर्कबाहिर फाल्ने प्रयास गर्नेछ । बियो हुत्याएपछि दोस्रोदेखि अन्तिम आर्कभित्र वा बाहिर कुनै पनि स्थानमा झर्न सक्दछ । डण्डी खेलाडीले बियोलाई बक्ससमेत तोकिएको खेलस्थलको कुनै पनि ठाउँमा खसालेर रन पनि लिन सक्ने छ । यदि बियो संयोगबस D एरियाबाहिर वा V आकारको खेलस्थल र बहिरी आर्कको बीचमा परेमा डण्डी खेलाडीको एक पालो (Attempt) सकिएको मानिनेछ भने बियो खेलाडी दौडेर अडिने वर्गाकार सुरक्षित क्षेत्रभित्र परेमा डण्डी खेलाडीले रन नलिए पनि रन लिएबराबरको अंक प्राप्त गर्नेछन् ।
६.२    बियो समूह
बियो समूहले बियोलाई सकेसम्म डण्डीलाई लगाउने वा कम्तीमा हुत्याउने क्षेत्र (Throwing area) भित्र पार्ने प्रयास गर्नेछ । यदि बियो हुत्याउने क्षेत्रबाहिर खसेमा  डण्डी समूहले सुनौलो मौका (Golden Chance) अर्थात् एक पटक बढी हुत्याउन पाउनेछ । बियो हुत्याउने क्षेत्रभित्र परेको खण्डमा भने बियो समूहले  सुनौलो अंक
(Golden Score) अर्थात् एक अंक प्राप्त गर्नेछ । यदि उक्त समूहले Target set गरी सकेको भए त्यो अंक अर्को समूहको अंकबाट घटाइनेछ । यदि बियो पहिले हुत्याउने क्षेत्रमा ठोक्किएर बाहिर गएमा त्यसलाई मान्यता दिइनेछ, तर बाहिर ठोकिएर पुनः भित्र प्रवेश गरेमा भने मान्यता दिइने छैन् ।
नियम ७ –
खेल मैदान
खेल मैदान ६० डिग्रीको कोणमा हुत्याउने खोपीको माथिल्लो भागको बिन्दुबाट दुईवटा ३१.५ मि. (सानो मैदानमा २७ मि) बराबरको रेखा तानिएको हुनेछ । झट्ट हेर्दा अंग्रेजी वर्णको V जस्तो देखिने उक्त खेल मैदानको दुई रेखाको बाहिर पट्टिवाट रन लिन सकिनेछ । खेल मैदानको नक्सा हेर्नुहोस् । खेल मैदान सामान्यतया दुई भागमा विभाजित हुनेछ ।
७.१    डण्डी समूह खेल क्षेत्र
७.१.१ खोपी
७.१.२  डण्डी सुताउने स्थान डण्डीकै नापमा अर्थात् ४५से.मी. लम्बाइ र २ से.मी. चौडाइ खोपीबीचमा पर्ने गरी कोरिएको हुनेछ ।     
७.१.३ डण्डी उठाउने स्थान
डण्डी उठाउने स्थान खोपीको अगाडि १५ से. मी. च्बमष्गक  (अर्थात् एक बियो बराबरको ) हुने गरी Circle बनाइन्छ र उक्त Circle को बीचमा १५ सी.मी. बराबरको लम्बाइ र २ सी. मी. च्बमष्गक भएको प्वाल पारिनेछ, जसमा डण्डी ठड्याएर राख्न सकिन्छ । डण्डी खेलाडीले रन लिँदा भने डण्डी ठाडो पारी राख्नुपर्ने छ भने अन्य बेलामा तेर्छो वा ठड्याएर राख्न सकिनेछ ।
७.१.४ हुत्याउने क्षेत्र
हुत्याउने क्षेत्र अर्थात् डण्डी खेलाडी रहने क्षेत्र खोपीको अगाडिको भागबाट बाहिरतिर २ मिटर वर्गाकार हुनुपर्ने छ । बियो समूह खेल क्षेत्र सात भागमा विभाजित गरिएको हुन्छ ।
७.२.१ पहिलो ट्रयाक/रेखाः
पहिलो रेखा ख् आकारको आधार विन्दु देखि ४.५ मिटर वा १० डण्डीको दूरीमा  रहनेछ ।
७.२.२ दोस्रो ट्रयाक/रेखाः
दोस्रो रेखा V आकारको आधार विन्दुदेखि ९ मिटर वा २० डण्डीको दूरीमा रहनेछ ।
७.२.३ तेस्रो ट्रयाक/ रेखाः
तेस्रो रेखा V आकारको आधार विन्दुदेखि १३.५ मिटर वा ३० डण्डीको दूरीमा रहनेछ ।
७.२.४ चौथो ट्रयाक/रेखाः
चौथो रेखा V आकारको आधार विन्दुदेखि १८ मिटर वा ४० डण्डीको दूरीमा रहनेछ ।
७.२.५ पाँचौ ट्रयाक/रेखाः
पाँचौ रेखा V आकारको आधार विन्दुदेखि २२.५ मिटर वा ५० डण्डीको दूरीमा रहनेछ ।
७.२.६ छैठौ ट्रयाक/रेखाः
छैठौ रेखा V आकारको आधार विन्दुदेखि २७ मिटर वा ६० डण्डीको दूरीमा रहनेछ ।
७.२.७ सातौं ट्रयाक/रेखा (अन्तिम ठूलो आर्क)ः
साता रेखा V आकारको आधार विन्दुदेखि ३१.५ मिटर वा ७० डण्डीको दूरीमा रहनेछ ।
७.३    दौड मार्ग (Runway) :
V आकारको दुवैतर्फ बनाइएको दुई रेखाबीचको क्षेत्रलाई दौड मार्ग मानिनेछ । दौड मार्गको चौडाइ ०.५ मिटर रहनेछ ।
७.४    सुरक्षित क्षेत्र (Safe Zone)
खेल मैदानको V बाहिर रहेको रन वे को दोस्रो, चौथो र छैठौ रेखामा बनेको बक्सलाई सुरक्षित क्षेत्र वा Safe Zone भनिनेछ ।
७.५    आधार रेखा (Base Line):
आधार रेखा भन्नाले आधार विन्दुलाई दुवैतर्फ क्षितिजीय विस्तार (Horizontally Extend) गरी बनाइएको फ्याक्ने क्षेत्र (Throwing Areas) को माथिल्लो वा D area को तल्लो रेखालाई बुझिनेछ । बियो समूहले बियो फाल्दा हुत्याउने क्षेत्रबाहिर परेमा खेल पुनः सुरु गर्दा बियोले आधार रेखालाई छुने गरी फ्याक्ने क्षेत्र (Throwing Area) को भित्र पर्ने गरी बियो राखी डण्डी खेलाडीले बियोलाई डण्डीले उफारी खेल सुरु गर्नेछ । डण्डी खेलाडीले हुत्याउँदा आधार रेखाभन्दा बाहिर खेलस्थानतर्फ खुट्टा निकाल्न पाउने छैन ।
७.६    D–Box (डी–बक्स):
आधार रेखा हुँदै खोपीलाई माथिल्लो रेखाको बीचमा पारी भित्रतिर बनाइएको बक्सलाई D-box मानिनेछ जसलाई समथर र कडा हुने गरी बनाइनेछ ।
७.७    Throwing–Box:
आधार रेखा हुँदै खोपीलाई माथिल्लो रेखाको बीचमा पारी भित्रबाहिर तिर बनाइएको बक्सलाई  Throwing–Box मानिनेछ ।

नियम ८.
डण्डीः
डण्डीबियो खेलमा बियोलाई हिर्काउन ठ्याक लगाउन र हुत्याउनका लागि ४५ से.मी. बराबरको लम्बाइ भएको र १.५ से.मी. रेडियस भएको डण्डी आवश्यक पर्दछ । डण्डीको समात्ने भागमा ५ से.मि. लम्बाइ र .५ से.मि. चौडाइ भएको समाउने भाग (Grip) राखिएको  हुनेछ । भने अर्को भागमा ०.५ से.मी. को टुप्पा छोडिने गरी २ से.मी. भाग तासिएको हुनुपर्नेछ । बियो खोपीबाट हुत्याउँदा तासिएको पछाडिको भाग प्रयोग गर्नुपर्ने छ ।
नियम ९.
बियोः
बियोको लम्बाइ १५ से.मी. र रेडियस १.५ से.मी. हुनुपर्ने छ । बियो दुवै भागमा ०.५ से.मी. परिधि (Circumfrence) रहने गरी ताछिएको हुनुपर्ने छ ।
नियम १०.
डण्डी खेलाडी खेलबाट बाहिरिने नियमः
१०.१ डण्डी प्वालमा नराखी दौडेमा वा डण्डी ढलेमा ।
१०.२ बियो खेलाडीले बियो फाल्दा प्वालमा अडाइएको वा खोपीमाथि सुताइएको डण्डीमा लगाएमा ।
१०.३ बियो खेलाडीले हावामा उडेको बियो जमिनमा नखस्दै समातेमा (Catch Out) ‘समातिएर आउट’ भएको मानिनेछ ।
१०.४ डण्डी खेलाडीले बियो हुत्याउँदा खेल मैदान र बाहिर र डी–बक्सभित्र परेको छ भने त्यसलाई मान्यता दिइनेछ ।
१०.५ बियो हुुत्याउ“दा खोपीअगाडि रहेको खोपीवाट एक बियोबराबरको दूरीमा रहेको घेरा पनि कटाउन नसकेमा ।
१०.६     डण्डी खेलाडीले दौड पूरा नलिंदै अर्थात् सुरक्षित क्षेत्र नपुग्दै बियो खेलाडीले बियोले डण्डीमा लगाएमा ।
१०.७     बियो हुत्याउँदा अगाडि नै डण्डी हातबाट फुस्केमा वा बियो सँगै डण्डी पनि हुत्तिएमा वा ठ्याक लगाउँदा डण्डी फुस्किएमा ।
१०.८     ठ्याक लगाएर हिर्काउँदा बियो अर्थात् बियो खेलाडीले समातेमा ।
१०.९ बियो डण्डीले हानेर जमिनबाट उफार्दा बियोमा लागेर पनि बियो नउफ्रिएमा ।
डण्डीले बियोमा नलागी जमिनमा लाग्यो भने तीन पटकसम्मका लागि मात्र मौका दिइनेछ । तेस्रो पटकमा पनि डण्डीले बियोमा नलागेमा खेलाडी खेलबाट बाहिरिने छ ।
१०.१० बियो हुत्याउँदा खोपीको सीमान्त रेखा शरीरको कुनै पनि भागले नाघेमा ।
१०.११ ठ्याक लगाउँदा डण्डी दुई हातले समातेमा ।
१०.१२ ठ्याक लगाएर हान्दा हातको बाहिरी भागतर्फ बियो पुगेर खेलस्थलभित्र पुगेर उल्टी ठ्याक लागेमा ।
उल्टी ठ्याक भन्नाले बियो पुनः खोपीतर्फ आएमा वा खोपी नै कट्ने वा खोपी पछाडि जाने भन्ने बुझिन्छ ।
नियम ११.
बियो खेलाडी खेलबाट बाहिरिने नियमः
डण्डी खेलाडीको कम्मरभन्दा मुनि बियो तीन पटक लागेमा रेड कार्ड दिइनेछ तर एक पटकलाई भने अर्को खेलाडी परिवर्तन
(Replace) गर्न पाउने छ ।
नियम १२ –
ठ्याक लगाउने :
एक हातले डण्डीले जमिनमा भएको बियोलाई हानी हावामा उफार्ने प्रक्रियालाई ठ्याक लगाउने भनिन्छ ।
डण्डी खेलाडीले एक पटकमा बढीमा ८ ठ्याक लगाउन सक्नेछ । ठ्याक लगाउँदा खेले मैदानभित्र रहेर मात्र लगाउन पाइने छ । खेलमैदान बाहिर लगाएको ठ्याकलाई मान्यता दिइने छैन ।
नियम १३ –
डण्डीले बियोलाई कस्सेर हिर्काउनेः
डण्डीले बियोलाई हिर्काउँदा हात टाउको भन्दा तल हुने गरी दाँयाबाँया (Horizontal) डण्डीले बियोलाई हिर्काउन पाउनेछ Verticle अर्थात् तलमाथि प्रहार गर्न पाइने छैन । हात टाउको भन्दा माथि लगी हानेमा गलत मानिने छ र उक्त खेलाडीले त्यस पटक पाउने अंक अमान्य हुनेछ ।
खेलाडीले पुनः अर्को बाँकी खेल्ने पालो
(Attempt) भएमा खेल सुरु गर्नेछ ।

ठुलोमा हेर्न फोटोमा क्लिक गर्नुहोला ।

नियम १४.
अंक प्राप्त गर्ने विधि Scoring System:
१४.१ हुत्याउँदाः
डण्डी खेलाडीले बियो खोपीबाट हुत्याई अन्तिम रेखा पार गरेमा मैदानको आकारअनुसार ६ वा ७ अंक प्राप्त गर्ने छ । यस अवधिमा खेलाडीले दौड लिन पाउने छैन अर्थात् दौड लिए पनि दौडको अंक प्राप्त गर्ने छैन । अन्य रेखाहरूको हकमा भने यो नियम लागू हुनेछैन ।
१४.२ ठ्याक लगाउँदा :
१ ठ्याकबराबर १ अंक, २ ठ्याक बराबर २ अंक हु“दै ८ औं ठ्याकसम्म ८ अंक प्राप्त गर्न सकिनेछ । कुल प्राप्त अंकबराबर ठ्याक अंक गुणन बियोले पार गरेको दूरी ।
बियोले पार गरेको दूरी लिँदा भने रेखाभित्र रहेर डण्डी खेलाडीले ठ्याक लगाउँछ त्यही रेखालाई आधार मानी त्यस पछाडिका रेखाहरू क्रमशः पहिलो, दोस्रो, तेस्रो मानिनेछ । उक्त समयमा रेखा नं. को कुनै अर्थ रहने छैन । यदि बियोले ठ्याक लगाई हान्दा कुनै पनि रेखा पार नगरेमा भने खेलाडीले ठ्याक अंक मात्र प्राप्त गर्ने छ र खेलाडीको एक मौका (attempt) सकिने छ ।
१४.३ दौड (Run) लिँदाः
दौड लिँदा खेलाडी जति नं. को सुरक्षित खेल क्षेत्रमा गएर आफूलाई सुरक्षित गर्दछ । त्यति नै अंक प्राप्त गर्दछ । बियो हुत्याउँदा बियो संयोग बस सुरक्षित क्षेत्रभित्र पर्यो भने पनि रन लिए बराबरको अंक प्राप्त गर्नेछ ।
१४.४ सुनौलो अंक (Golden Score) :
यदि बियो खेलाडीले हुत्याउने क्षेत्रभित्र बियो फालेमा समूहले सुनौलो अंक प्राप्त गर्नेछ । सुनौलो अंक भन्नाले तीन अंक मानिनेछ । यदि कुनै एक समूहले लक्ष्य निर्धारण गरी सकेको अवस्थामा भने उक्त अंक जोड्दा लक्ष्य बढ्न जाने हुँदा उक्त अंक डण्डी समूहकै अंकबाट घटाइने छ ।
१४.५     समय अवधिअगावै सबै खेलाडी बाहिरिएमा :
यदि ४५ मिनेटअगावै प्रत्येक एक खेलाडी बाहिरिएवापत बियो समूहले २ अंक प्राप्त गर्नेछ । अर्थात् सबै खेलाडी आउट हुँदा १४ अंक प्राप्त गर्नेछ र खेल पुनः क्रमबद्ध रुपमा डण्डी खेलाडीले सुरु गर्नेछ । लक्ष्य निर्धारण भइसकेको अवस्थामा भने उक्त अंक डण्डी समूहबाट घटाइनेछ ।
नियम १५ –
 सुनौला मौका (Golden Chance) :
यदि बियो खेलाडीले बियो हुत्याउँदा खेलक्षेत्र बाहिर फालेमा डण्डी खेलाडीको एक पालो
(Attempt) स्वतः बढ्नेछ ।

नियम १६ –
समयसीमा :
१६.१.    खेलको समय : दुवै समूहले खेल्ने खेल समय ४५÷४५ मिनेटको रहनेछ ।
१६.२     Interval Time:
एक खेलको ४५ मिनेटको समाप्तिसँगै समूह परिवर्तन गर्ने क्रममा दिइने समयलाई विश्रामको समय (Interval Time) भनिनेछ । उक्त समय जम्मा १० मिनेटको रहनेछ ।
१६.३     समयको माग (Time Out) :
खेलमा कुनै पनि समूह वा खेलाडीले कुनै पनि प्रकारको नीति परिवर्तन गर्न, खेलाडी घाइते भएमा अर्थात् केही समस्या परेमा कुनै पनि समूहका खेलाडीको प्रतिनिधिले समय माग्न सकिनेछ । समय मागको कुल समय अवधि २ मिनेटको रहनेछ । एउटा खेलमा कुनै पनि समूहले एक पटक मात्र समय मागको उपभोग गर्न पाउनेछ । अन्य अत्यावश्यक समय माग्नु परेमा भने रेफ्रीको निर्णय अन्तिम हुनेछ ।
नियम १७ –
पदाधिकारीहरू र तिनीहरूको कर्तव्य :
     १. रेफ्री १ जना
     ३. लाइन्स मेन २ जना (असिस्टेन्ट स्कोरर)
     ४. टाइमकिपर १ जना
     ५. स्कोरर १ जना
१७.१ रेफ्रीको कर्तव्यः
१. दुवै पक्षका बीचमा टस् गराउनु ।
२. दुवै पक्षका खेलाडीलाई जाँच गर्नु अर्थात् खेलाडी संख्या, जर्सी नं., शरीरको कुनै भागमा कुनै पनि प्रकारको अन्य खेलाडीलाई घात हुने किसिमको वस्तु राखेको आदि ।
३. दुवै पक्षको प्राप्त अंकलाई मध्यान्तर र खेला समाप्तिको बीचमा भन्नु र विजय टिमको घोषणा गर्नु ।
४. सम्पूर्ण खेलको पूर्णरूपले निरीक्षण गर्नु ।
५. खेल सुरु गर्नु र खेल समाप्तिको सूचना सिट्ठी बजाएर घोषणा गर्नु ।
६. खेलाडी बदलेको घोषणा गर्नु ।
७. मध्यान्तरपछिको अन्तिम ५ मिनेटमा प्रत्येक मिनेटको घोषणा गर्नु ।
८. खेलको नियमअनुसार नखेल्ने, खेल भावना विपरीत कार्य गरेमा अंक दिनबाट बञ्चित अथवा खेल खेल्नबाटै बञ्चित गर्नु ।
९. खेल सुरु गर्नुअघि स्कोररको घडीसँग घडी मिलाउनु र (रेफ्रीको घडीको समय नै अन्तिम मानिने हु“दा) समय समाप्तको घोषणा गर्नु आदि । खेल अवधिमा रेफ्रीको निर्णय अन्तिम र मान्य हुनेछ ।
१७.२ लाइन्स मेनको कर्तव्य (Assistant Refree) :
खेलको समयमा मैदानको दुवैतर्फ रहने व्यक्तिलाई लाइन्स मेन वा Assistant Refree भनिन्छ । यिनीहरूले खेलाडीको नं. अनुसार हुत्याउने क्षेत्रमा खेलाडीलाई पालै पालो पठाउनुपर्दछ । खेलको दौरानमा बियोले लाइन क्रस गरेमा, छोएमा वा अन्य कुनै नियम विपरीत काम गरेको देखेमा मुख्य रेफ्रीलाई देखाइदिनुपर्दछ ।
१७.३ टाइम किपरको कर्तव्य :
डण्डी बियो खेल ४५/४५ मिनेटको हुनेछ । उक्त समयबाहेक १० मिनेटको Interval, १/१ मिनेटको टाइम आउट गरी कुल खेल समय जम्मा १०२ मिनेट रहने छ । टाइम किपरको मुख्य कर्तव्य निम्न हुनेछ ।
१. खेल पूरा समयसम्म भए नभएको हेर्ने ।
२. मध्यान्तरको सूचना दिने ।
३. बियो खोपीमाथि राखी हुत्याउँदा ५ सेकेण्डभित्र हुत्याएको छ कि छैन हेर्ने ।
नियम १८.
जित हारको निर्णयः
खेलको अन्त्यमा डण्डी वा बियो जुन समूहले बढी अंक प्राप्त गर्दछ त्यही समूह खेलको विजयी भएको घोषणा गरिने छ । यदि दुवै समूहको अंकबराबर भएमा दुवै थरीलाई थप तीन पटक हुत्याउने र खेल्ने मौका दिई अंकको आधारमा हारजित छुट्याउने । यदि फेरि पनि बराबर भएमा टस गरेर हारजित छुट्याउने ।

मन्तव्य
 


मोतिराम फुँयाल
का. अध्यक्ष
नेपाल डण्डी बियो संघ

 
 
 
 
 
 
 


लेखनाथ धिमिरे
महासचिब
नेपाल डण्डी बियो संघ ।

 
 

महत्वपुर्ण साइटहरू

   
   
   
   
   
   
अन्य लिङ्कहरू
 

राष्ट्रिय खेलकुद परिशद, नेपाल


नेपाल ओलम्पिक कमिटी


नेपाल हात्ति खेल संघ

नेपाल पर्यटन वर्ष २०११

 

  नेपाल खेलकुद
 
 
What's NEW

Events/इभेन्ट्स

What's NEW
 
 
     
 
© www.dandibiyo.com.np copyright 2011
 
 
Website Design & Hosting by: Nepal 1 Hosting Company
 
 
This page has been visited 2962 times since 10th July 2011